बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

दैलेख कांग्रेसका पूर्वसभापति शाहीको निधन

काठमाडौं : नेपाली कांग्रेस दैलेखका पूर्वसभापति नन्दबहादुर शाहीको निधन भएको छ । शाहीको सोमबार साँझ निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

दैलेख भैरवी गाउँपालिका वडा नं. ४ निवासी वि.सं. २००२ पुस १४ गते जन्मिएका शाही २०५१ मा जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति हुनुहुन्थ्यो । उनी  २०४९ सालमा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्व उपाध्यक्ष बनेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले शाहीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।