‘प्रकाश’ बन्दै प्रदीप, पर्दामा बन्नेछन् शिक्षक

काठमाडौं : ‘प्रेम गीत ३’ रिलिजलाई थाँती राख्दै प्रदीप खड्काले ‘प्रकाश’को सुटिङ थाल्ने भएका छन् । उनको मुख्य भूमिका रहने भनिएको ‘प्रकाश’को मंगलबार औपचारिक घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्न चाहाने एक युवाको भूमिका निर्वाह गर्नेछन् ।
कर्णाली प्रदेशमा सुटिङ हुने फिल्मका लागि उनले खस भाषा बोल्ने तयारी पनि गरेको चर्चा छ । प्रदीपसँगै फिल्ममा दिया मास्के रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, नीरज पन्थी, पवित्रा खड्का आदि कलाकारको पनि अभिनय रहने जानकारी गराइयो ।
नाटकको पृष्ठभूमिबाट आएकी रेनुको भने यो डेब्यु फिल्म हो । मण्डलामा मञ्चन भएका ‘मितज्यू’सँगै केही नाटकमा अभिनय गरेकी रेनुले फिल्ममा प्रदीपको जोडीको रुपमा अभिनय गर्नेछिन् ।
निर्माण टिमले अडिसनबाट उनलाई छानेको हो । फिल्ममा कास्टिङ निर्देशकको जिम्मेवारी अनुप बरालले निर्वाह गरेका थिए । जुम्लाको पृष्ठभूमिमा लेखिएको कथामा बन्न लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गर्न लागेका हुन् । फिल्मको पटकथा भने विकास सुवेदीले लेखेका हुन् ।
राजेश श्रेष्ठको छायांकन रहने फिल्ममा ताराप्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत रहनेछ । फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन् ।

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया