पाइरेसीको मारमा ‘छ माया छपक्कै’, पीडित निर्माता भन्छन्, ‘प्रहरीले चासै दिँदैन’

काठमाडौं : दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ पाइरेसीको मारमा परेको छ । हाल चलचित्र टिभी एपमा उपलब्ध रहेको फिल्म त्यहीँबाट पाइरेसी भएको हो । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म पाइरेसी भएको पुष्टि गरे ।
‘पाइरेसी भएको हो । प्रहरीमा उजुरी दिएका छौं । पाइरेसी गर्ने मान्छे खोज्ने क्रम जारी छ,’ उनले भने । दीपकका अनुसार फिल्म सबैभन्दा पहिला कपिराइट अल सङ च्यानलमा देखिएका थियो ।
‘छ माया छपक्कै’को पाइरेसीले नेपालमा ओटिटी (ओभर दि टप) को भविष्यलाई गम्भीर छलफल गर्नुपर्ने आवश्यकता महसुस भएको सरोकारवालाहरूले बताएका छन् । लकडाउनको समयमा नेपाली फिल्म पनि ओटिटीतर्फ लाग्न ढिला भइसकेको निष्कर्ष निकाल्ने गरिएको थियो । तर, दीपकराज गिरी यसैगरी ओटिटीका फिल्म पाइरेसी हुने हो भने निर्माता युट्यबतर्फ नै फर्कने चिन्ता व्यक्त गर्छन् ।
‘हलमा फुटफल कम हुने कारण युट्युब भएको निष्कर्षसहित युट्युबमा फिल्म नहाल्ने निर्णय गरेका थियौं । तर, यस हिसाबले ओटिटीमा फिल्म हाल्नु सुरक्षित देखिएन,’ उनले भने ।
ओएसआर इन्टरटेनमेन्टका ओम अग्रवालले पनि ओटिटीमा फिल्म राख्दा यस्तै अनुभव संगालेका छन् । भिडियो पसलमा राखेको फिल्म ‘जात्रै जात्रा’ हप्ता दिनमै पाइरेसी भएपछि उनले ओटिटीबाट फिल्म नै हटाएको बताए ।
‘हेर्नलाई राम्रै संख्या हेरिरहेका थिए । तर, हप्ता दिन नबित्दै फिल्म पाइरेसी भयो,’ अग्रवालले भने, ‘ पाइरेसी गर्ने २२ जनाको नामसहित प्रहरीमा उजुरी दिएँ । तर, प्रहरीले ध्यानै दिँदैन ।’ अग्रवालका अनुसार उनले डिजिटल अधिकार लिएका ‘क्याप्टेन’, ‘कबड्डी ३’को पनि पाइरेसी भएको छ ।
ऋहिले ओटिटीबाहेक मल्टिसिस्टम अपरेटर्समा पनि नेपाली फिल्म चलाउने चलन छ । यसअन्तर्गत रहेका डिसहोम, नेटटिभी, भायो टिभी आदिले पनि नेपाली फिल्म चलाउँछन् । तर, यताबाट पाइरेसी हुने सम्भावना कम हुने दीपक बताउँछन् ।
‘जस्तो डिसहोममा छक्का पञ्जा ३ एक महिना चल्यो । तर, पाइरेसी भएन । किनकि यहाँ कसैले रेकर्ड गर्यो भने कुन बक्सबाट रेकर्ड भएको हो सजिलै ट्रयाक हुन्छ,’ दीपकले भने । विगतमा फिल्म पाइरेसीका थुप्रै घटना प्रहरीसम्म पुगे पनि थोरै घटनामा मात्र प्रहरीले सफलता पाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया