सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सिभिल लघुवित्तलाई बोनस बाँड्न राष्ट्र बैंकको स्वीकृति

काठमाडौं : नेपाल राष्ट्र बैंकले सिभिल लघुवित्त वित्तीय संस्थालाई लाभांस बाँड्न स्वीकृति दिएको छ । चुक्ता पुँजीको ३.६८ प्रतिशत लाभांस वितरण गर्न स्वीकृतिका राष्ट्र बैंकमा पेश गरेकव थियो ।

पुस २७ गते बसेको १६२औं सञ्‍चालक समितिले बोनस बाँड्ने निर्णय गरेको थियो । आव २०७७/७८ मा निष्काशन भएको हकप्रद सेयर समेत कायम गरी चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस बाँड्ने निर्णय गरेको थियो । २३ करोड ३९ लाख ३३ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी कायम भएको थियो ।

बोनस सेयर ८१ लाख ८७ हजार ६ सय ७९ रुपैयाँ बाँड्नेछ भने ४ लाख ३० हजार ९ सय ३० रुपैयाँ नगद लाभांस बाँड्ने भएको हो ।