पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सेनाका खेलाडीहरू विजयी

काठमाडौँ : पोखरामा भएको "१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०७७" मा त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरूले प्रथम, द्धितिय र तृतीय स्थान हात पारेका छन् ।
भूतपूर्व खेलाडी मञ्च, नेपालको आयोजनामा फागुन १ गते शनिबार भएको प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लबका राजन रोका प्रथम, ज्ञान प्रसाद भट्टराई द्धितिय र देवीराज बस्नेतले तृतीय स्थान प्राप्त गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
१९६ जना धावकहरूको सहभागीता रहेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रथमलाई २ लाख, द्धितियलाई १ लाख र तृतियलाई ७५ हजार नगद पुरस्कार गरिएको निर्देशनालयले जनाएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया