पुरन थापाको ‘तीन जुँगे’मा एक जुँगे अर्पण थापा

काठमाडौं : निर्देशनमा व्यस्त रहेका अर्पण थापा अभिनयमा पनि उत्तिकै व्यस्त छन् । फिल्मकै सिलसिलामा अष्ट्रेलिया रहेका अर्पणले उताबाट फर्कने बित्तिकै पुरन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘तीन जुँगे’साइन गरेका छन् । निर्माण टिमले मंगलबार मात्र उनीसँग कागजी सम्झौता गरेको हो ।
पुरनले केही समयअघि आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरि’ लगायतका कमेडी फिल्म तथा थुप्रै टेलिश्रृंखला निर्माण, निर्देशन गरिसकेका थापाको ‘तीन जुँगे’ को छायांकन फागुनको तेस्रो साताबाट सुरु हुने छ ।
अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुँगे’ मा निर्देशक स्वयम् पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । त्यसबाहेक फिल्ममा ,लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनीषा रायमाझी, शिखा सुवेदी,ललित सिंह साउद, विकल उप्रेती, सबिता दनाइ, सुपा खनाल, छायाँ भुजेललगायतका कलाकारले अभिनय गर्दैछन् ।
विमल ढकालले खिच्ने फिल्ममा बिनोदकुमार भुजेलको संगीत, ललित सिंह साउदको सम्पादन, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहने छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया