महिलालाई बेचेर दिल्ली हुँदै श्रीलंका पुर्याउने प्याकुरेल पक्राउ

काठमाडौँ : श्रीलंका पुर्याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका-१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलंका पुर्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यहाँको मिनुवाङ्गोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलंकास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन ।
घटनामा संलग्न रही फरार अभियुक्त प्याकुरेललाई प्रहरीले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ । अभियुक्तविरुद्ध आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया