भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ३७ को निधन
नयाँ दिल्ली : भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तिमा ३७ यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको एक अधिकारीले एएफपीलाई बताए ।
मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँ नजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको थियो । बस दुर्घटनाको कारण अझै खुलीसकेको छैन । भारतको सडकको विशाल सञ्जाल कमजोर तथा खराब रहेको कारण वर्षेनी हजारौँ भारतीयको सडक दुर्घटनाका कारण मृत्यु हुने गर्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बस पूर्ण रूपमा डुबेको छ र सामजिक सञ्जालमा आएका तस्वीरहरूमा उद्धारकर्ताहरूले लाइफ ज्याकेट लगाएर निरन्तर उद्धार गरिरहेको देखाइएको छ । प्राप्त विवरणअनुसार दुर्घटनापछि चालकसहित सात व्यक्ति पौडी खेली पानीबाट सुरक्षित स्थलमा जान सफल भएका बताइएको छ ।
प्रहरी अधिकृत धर्मवीर सिंहले घटनालाई पुष्टि गर्दै भने, “हामीले अहिलेसम्म ३७ जनाको मृत शरीर पानीबाट निकालेका छौँ र तिनीहरूलाई अन्तिम परीक्षणका लागि पठाइएको छ । वेपत्ता अन्य यात्रुहरूको खोजी तथा उद्धारका लागि स्थानीयको सहयोगमा प्रहरी तथा उद्धार टोलीहरू खटिरहेका छन् ।”घटनापछि नहरको पानी बन्द गरी बसलाई दुर्घटना भएको तीन घण्टापछि क्रेनको सहयोगमा पानी बाहिर निकालिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ती तथा राहत स्वरूप दुई लाख भारतीय रूपैयाँ सहयोग प्रदान गर्ने ट्वीटरमा बताएका छन् ।
भारतमा कमजोर सडक संरचना, चालकको लापरबाही, पूराना गाडीलगायतका कारण सन् २०१९ मा एक लाख ५१ हजार ११३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । (रासस)

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_2cG4Jy5761_omokfbg48wcyxkwgjjdn5ntsrp4yqq5izxqevvklqj7d1nmgzk4jnzvr6vmr.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

प्रतिक्रिया