पहिलो लेगमै पीएसजीले बार्सिलोनालाई हरायो, एमबाप्पेको ह्याट्रिक
काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमै पीएसजीले बार्सिलोनालाई हराएको छ । मंगलबार राती भएको खेलमा पीएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जिताउन किलियन एम्बाप्पेले ह्याट्रिक गोल गरे । उनले खेलको ३२, ६५ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै मोइस किनले एक गोल गरे । बार्सिलोनाका लागि मेस्सीले पेनाल्टीमा एक गोल गरे ।
घरेलु मैदानमा पाहुना टोली पीएसजीले शानदार जित निकालेपछि अब बार्सिलोनालाई अन्तिम ८ मा पुग्नै मुश्किल देखिएको छ ।
क्वाटरफाइनल पुग्नका लागि बार्सिलोनाले पीएसजीको मैदानमा कम्तीमा चार गोल गर्नुपर्नेछ । यसअघि बार्सिलोनाले ४-० गोलको नतिजा घरेलु मैदानमा उल्ट्याएको थियो । तर त्यतिबेलाका गेम गेन्जर नेयमार अहिले पीएसजीमा छन् ।
यसपटक नेयमार बिना नै पीएसजीले बार्सिलोनालाई उसकै मैदानमा हराएको छ । पीएसजी च्याम्पियन्स लिगको साविक उपविजेता हो । फाइनलमा जर्मन क्लब बायर्न म्युनिकसँग पराजित भएको थियो ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

प्रतिक्रिया