माल्दिभ्समा घरघरमा पुगेर कोभिडको खोप उपलब्ध गराउने

माले : माल्दिभ्सले कोभिड-१९ विरूद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोभिडको महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् ।
सरकारको अभियानलाई सफल पार्न यी संस्थाहरूले प्रतिवद्धता जनाएका हुन् ।
अभियानबारे एमआरसी सेक्रेटरी जनरल फतिमा हिम्यलाई उद्धृत गरी भनिएको छ, 'एमआसीले गाउँ गाउमा पुगेर खोप लगाउन नागरिकहरूलाई सचेत बनाएको छ साथै खोप अभियानमा सहयोग गरेको छ । ती संस्थाहरूले खोप लगाएपछि हुने सम्भावित समस्यालाई मध्य नजर गर्दै एम्बुलेन्समार्फत आकस्मिक सेवासमेत दिने जनाइएको छ ।
माल्दिभ्सले फेब्रुअरी १ देखि कोभिडविरूद्धको खोप कार्यक्रम अघि बढाएको छ भने अहिलेसम्म ४३ हजार ८१७ व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिइसकेको छ । खोप लगाएका मध्ये अधिकांश मानिस राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन् । (सिन्ह्वा)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_iwPXQFZqtS_yomvkqoyyawn7uxtwymgdjnadgknys153jiwofkv1mmdabaa0zwiczvjawdf.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया