भागरथीको हत्या आरोपमा एक पक्राउ, हत्या स्वीकारेको प्रहरीको दाबी

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्यामा सग्लनलाई पक्राउ गरिएकाले आज सार्वजनिक गरिने बताए ।
उनका अनुसार प्रहरी समक्ष पक्राउ परेका युवकले आफुले भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् । दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्ट माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।
भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत युवकले हत्या गरेको स्वीकारेको दाबी प्रहरीको छ । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन । प्रहरीले हत्यामा सग्लन भएको आरोपमा महेन्द्रनगरबाट एक कर्मचारीलाई पनि पक्राउ गरेको थियो । उनले भने हत्यामा सग्लन नभएको अडान लिएका छन् ।

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

घाँटीमा मासु अड्किएर कुँवरको मृत्यु

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

प्रतिक्रिया