हत्या आरोपित दिनेश : भागरथीकै न्यायका लागि प्रदर्शनमा उत्रिएका थिए

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनकै नाता पर्ने एक किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ । भागरथी अध्ययनरत विद्यालय सनातन माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
भागरथी सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनी भागरथीका छिमेकी र नातेदार हुन् । आज मध्यान्न १२ बजे पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका किशोरले अपराध स्वीकारेका छन् । घरायसी रिसिबीका कारण घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । त्यो रिसिबीका बारेमा विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिन्छौँ ।’
दिनेशलाई घटना भएकै दिनदेखि प्रहरीले निगरानीमा राखेको थियो । निगरानीमा राख्नको कारणबारे इकागजले सोधेको प्रश्नमा प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘उनको गतिविधि शंकास्पद थियो । यौनमा बढी रुची भएका व्यक्तिमाथि निगरानी बढाएका थियौँ । त्यसमा उनी पनि परे ।’
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई सोधपुछका लागि यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएको थियो र पछि छाडेको थियो । त्यसपछि ती दिनेश भागरथीको न्यायका लागि भएको प्रर्दशनमा समेत सहभागी भएका थिए । अभियोग पुष्टि हुने प्रमाण पाएपछि प्रहरीले दिनेशलाई फेरि पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहले योजनाबद्ध रुपमा भागरथीको हत्या भएको बताए । अभियुक्त दिनेश घटनाको दिन पहिल्यै बाटोमा कुरेर बसेकोसमेत खुलेको छ । दुई पिरियड छोडेर उनी भागरथीको हत्याका लागि बाटोमा कुरेर बसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी भट्ट २१ माघमा विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।
र, यो पनि
- भागरथीको हत्या आरोपमा एक पक्राउ, हत्या स्वीकारेको प्रहरीको दाबी

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

घाँटीमा मासु अड्किएर कुँवरको मृत्यु

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

प्रतिक्रिया