यसरी गरियो खुलामञ्च खाली (फोटोफिचर)

काठमाडौँ : काठमाडौँको खुलामञ्च खाली गराइएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेका मानिसलाई हटाउनुका साथै अवैध रुपमा बनाइएका संरचना पनि डोजर लगाएर भत्काइएको छ ।
खुलामञ्च छेउमा चिनियाँ कम्पनीले आफ्नो सामान राख्न बनाएको संरचना भने बाँकी छ । त्यो केही समयपछि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेकाहरुलाई हटाउन थालेपछि त्यहा बसेकाहरु आफ्नो सामान बोकेर बाहिरिएका छन् ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार खुलामञ्चमा रहेका संरचना हटाएपछि अब कार्यक्रम गर्न मिल्ने गरी खुलामञ्च खाली भएको छ । खुलामञ्चको मञ्च यसअघि जस्तै गरी कार्यक्रम गर्न मिल्ने भएको छ ।
नयाँ विकल्प नभएकाले बसपार्क भने खुलामञ्चकै छेउमा छ । यसअघि अतिक्रमित खुलामञ्च कार पार्किङमा परिणत भएको थियो । तर अब खाली गराएपछि खुलामञ्चमा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको उनले बताए । एक हप्तामा थप सरसफाई गरेर खुलामञ्च पहिलेकै स्वरुपमा सञ्चालन गरिने सापकोटाले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया