डिभिलियर्सको जन्मदिनमा डुप्लेसिसको सन्यास !
काठमाडौँ : दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डुप्लेसिसले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लागि टेस्टमा १० वटा शतक समेत बनाएका डुप्लेसिसले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
दक्षिण अफ्रिकाबाट ६९ टेस्ट खेलेका डुप्लेसिसले ३६ टेस्टमा कप्तानी समेत गरेका थिए । एबी डिभिलियर्सले क्रिकेटबाट सन्यास लिएपछि डुप्लेसिसले कप्तानी सम्हालेका थिए । तर उनको नेतृत्वमा पनि दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्न नसकेपछि उनले कप्तानी छाडेका थिए ।
उनले बुधबार एबी डिभिलियसको ३७ औँ जन्मदिनमा टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । एकदिवसीय र टी–ट्वेन्टी क्रिकेटमा केन्द्रित हुनका लागि टेस्टबाट सन्यास लिएको डुप्लेसिसले बताएका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया