कोभिड-१९ संक्रमणबाट बाराका कांग्रेस नेता मण्डलको निधन

बारा : बाराका नेपाली कांग्रेस महासमिति सदस्य मदन मण्डलको कोभिड-१९ संक्रमणका कारण आइतबार निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकाको टेढाकट्टी घर भएका ५२ वर्षीय मण्डलको उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटोमै बिहान मृत्यु भएको काँग्रेस महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।
३ दिन पहिले श्वासप्रश्वासमा समस्या भएर विरामी परेपछि उनलाई बाराकै एक स्वास्थ्य संस्थामा भर्ना गरिएको तर उपचारकै क्रममा कोभिड संक्रमणको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखीएपछि शनिवार वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो । त्यही दिन स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा मण्डलको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि नारायणी अस्पतालका चिकित्सकले वीरगन्जकै कोभिड अस्पतालमा लैजान सुझाएका थिए ।
नारायणी अस्पतालका चिकित्सक डाक्टर दीपक चौरसियाका अनुसार मण्डललाइ नारायणी अस्पताल ल्याउँदा अवस्था गम्भीर थियो । पहिलादेखिनै उच्च रक्तचापको समस्या रहेका उनमा पछिल्लो समय खोकी लाग्ने र श्वास फेर्न गाह्रो भइरहेको थियो ।
तर आफन्तले वीरगञ्जभन्दा काठमाण्डौँमा छिटो निको हुने भन्दै काठमाडौँको नर्भिक अस्पतालमा लैजाने क्रममा मण्डलको आइतवार बिहान बाटोमै मृत्यु भएको सिंहले बताए ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया