प्रिमियर लिगबाट भीएआर हटाउनुपर्छ: वायन रुनी

काठमाडौँ : इंगल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका कीर्तिमानी गोलकर्ता वायन रुनीले प्रिमियर लिगमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग रोक्नुु पर्ने अभिब्यक्ति दिएका छन् । हाल इंग्लिस फुटबलको दोस्रो श्रेणीको क्लब डर्बी काउन्टीका प्रशिक्षक रहेका रुनीले भीएआरलाई खेलाडी तथा समर्थकले नरुचाएको बताए ।
‘प्रिमियर लिगमा भीएआरले दिने धेरै निर्णय चित्तबुझ्दो हुँदैनन् । जसले सर्मथक तथा खेलाडीलाई निराश बनाइरहेको हुन्छ । मलाई लाग्छ प्रिमियर लिग भीएआर बिना नै रमाइलो थियो,’ रुनीले मंगलबार नियमित पत्रकार सम्मलेनमा भने ।
युनाइटेडका पूर्व स्ट्राइकर रहेका रुनीले खेल दौरान रेफ्रीले गलत निर्णय दिनसक्ने भएपनि उनीहरुलाई सम्पूर्ण जिम्मेवार दिनपर्ने बताए । भीएआरका कारण खेल हेरिरहेका सर्मथकको ध्यान भङग हुने रुनीको भनाई थियो । ‘खेलमा डुबिरहेका सर्मथक भीएआरले खेल रोक्दा निराश देखिन्छन् । सर्मथक र खेलको कनेक्सन नै हराएको जस्तो अनुभव हुन्छ,’ रुनीले भने ।
रुनी सहभागी रहेको च्याम्पियन्सिपमा भने भीएआरको प्रयोग गरिएको छैन । आर्थिक भार पर्ने भएकाले त्यहाँ भीएआरको प्रयोग नभएको हो । रुनीले प्रशिक्षण गराइरहेको डर्बी १६ औँ स्थानमा छ । २४ टिम सहभागी हुने लिगमा २९ खेलबाट ३४ अंक बनाएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया