हल्लैहल्लामा घट्यो सुनको भाउ, एकै दिन ११ सय रुपैयाँ सस्तियो सुन

काठमाडौं : अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी दिएपछि जो बाइडनले चुनावी घोषणापत्रमार्फत आफ्नो ऊर्जा नीति सार्वजनिक गरेका थिए ।
सन् २०५० सम्ममा अमेरिकालाई शून्य कार्बन उत्सर्जनको अवस्थामा पुर्याउन कंग्रेससँग मिलेर उचित कानुन ल्याउने बताएका थिए । उनको कार्यक्रमअन्तर्गत आवश्यक पर्ने सोलार प्यानलमा सिल्भर लाइनिङका लागि चाँदीको व्यापक खपत हुने र त्योसँगै चाँदीको माग अत्यधिक बढ्ने हल्ला चल्यो ।
अमेरिकी कम्पनी ब्ल्याक होलले चार सय ७० मिलियन डलर बराबरको सुन बिक्री गर्ने विषय बाहिरिएपछि सुन बजारमा निकै हल्लाखल्ला मच्चियो ।
विश्व बजारमा सुन बिक्री गरेर चाँदीमा लगानी गर्ने र चाँदीको भाउ बढ्ने हल्ला चलेपछि लगानीकर्ताहरू आफूसँग भएका सुन लगानी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, हल्ला चलाएअनुसार चाँदीको भाउ बढ्न सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस १७९२ अमेरिकी डलर पुगेको छ । मंगलबार यसको भाउ १८२७ अमेरिकी डलर थियो ।
लगानीको भरपर्दो क्षेत्र मानिने सुनको भाउ कोरोना महामारीको समयमा आकाशिएको थियो । तर, कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लागेसँगै सुनको भाउमा क्रमिक ओरालो लागेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सुनको भाउ घटेर प्रति औंस १८०० डलरसम्म पुग्ने अनुमान गरेका थिए । तर, अनुमान विपरित बुधबार १७९२ डलर पुग्यो ।
अन्तर्राष्ट्रिय सुन बजारमा घटेपछि नेपाली बजारमा समेत सुनको भाउ सस्तिएको छ । तोलामा ९० हजार रुपैयाँबाट माथि कारोबार भइरहेको सुनको भाउ बुधबार ९० हजार रुपैयाँभन्दा कम मुल्यमा झरेको छ ।
बुधबार सुनको भाउ प्रति तोला ८९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ प्रति तोला ९० हजार ९ सय रुपैयाँ थियो ।
सुनको भाउ एकै दिन एक हजार १ सय रुपैयाँले सस्तिएको हो । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार यो हिसाबले सुनको भाउ घट्दै जाने हो भने ८० हजार रुपैयाँ प्रति तोलामा पुग्नेछ ।
सुनसँगै चाँदीको भाउमा समेत गिरावट आएको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । मंगलबार तोलामा एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ बुधबार प्रति तोला एक हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।
'अलटाइम हाइ'भन्दा कति सस्तियो सुन
कोभिड-१९ को संक्रमणकालीन अवस्थामा सुनको भाउ सर्वाधिक मुल्यमा पुगेकव थियो । गत साउन २३ मा सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो अल टाइम हाइ मुल्य हो ।
यो अवस्थामा सुनको भाउ अलटाइम हाइबाट १३ हजार ७ सय रुपैयाँले झरेको हो । कोरोनाको खोप पत्ता लागेपछि विभिन्न मुलुकमा खोप लगाउने क्रम बढेपछि सुनको भाउ सस्तिदै गएको छ ।

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

प्रतिक्रिया