पेन्सन कागज बनाउन घूस लिने अधिकृत, क्यान्टिन सञ्चालक र चालकविरुद्ध मुद्दा

काठमाडौं : ताहाचलस्थित राष्ट्रिय कितावखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाई, क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र सवारी चालक सुरेशप्रसाद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले उनीहरू विरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेका हुन् ।
अवकासपछि पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम लिएपछि उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको हो । न्यौपानेले सेवाग्राहीबाट ५२ हजार रुपैयाँ लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।
किताबखानाका शाखा अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरे । उनले क्यान्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग ५२ हजार रुपैयाँ घुस माग्न लगाए । न्यौपानेकै आग्रहमा सवारी चालक नेपालले घुस रकम लिएको तथ्य पुष्टि भएको आयोगले जानकारी दिएको छ । आयोगले घूस बमोजिमको दाबीसहित सजाय मागदाबी लिई बुधबार अदालतमा आरोपपत्र दायर गरेको छ।

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

प्रतिक्रिया