आर्मी र पुलिसको बराबरीले एपीएफले लिग जित्ने पक्का

काठमाडौँ : शसस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । बुधबार दुई विभागिय क्लब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि एपीएफले लिग जित्ने सुनिश्चित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानका भएको खेलमा पुलिस र आर्मीले १-१ को बराबरी खेले । खेलमा अमृता जैशीले गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि आर्मीकी रश्मी घिसिङले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गियो ।
१० खेलबाट ३० अंक बनाएको एपीएफले आर्मीमाथ चार अंकको अग्रता बनाएको छ । बुधबारको बराबरी सहित ११ खेल खेलेको आर्मीको २६ अंक छ । उता पुलिस भने ११ खेलबाट १५ अंक बनाउँदै चौँथौँ स्थानमा रहेको छ ।
विभागिय प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न नसकेपछि आर्मीका प्रशिक्षक राजु तामाङले आफ्ना खेलाडीहरुले पर्याप्त गोलको मौका सिर्जना गर्न नसकेको प्रतिक्रिया दिए । ‘सुरुवातमै गोल खाएपछि खेलमा हाम्रो रणनीति असफल भयो । खेलाडीहरु थकित देखिए । जसका कारण हाम्रो अग्रपंक्ति फिक्का देखियो,’ प्रशिक्षक तामाङले भने ।
उता पुलिसका प्रशिक्षक सञ्जिव जोशीले जारी लिगमा लक्ष्य अनुरुपको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । ‘हाम्रो योजना शीर्ष तनि भित्र अट्ने थियो । तर, सोचेको जस्तो नतिजा निस्कन नसक्दा मध्यक्रममा सिमित हुनुपर्यो,’ प्रशिक्षक जोशीले भने ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया