थपिए १२५ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर १२५ जना कोभिड-१९ भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९१ संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार ३९४ जना संक्रमित पूर्ण रुपमा निको भएका मन्त्रालयले जनाएको छ।
बुधबार पनि कोरोनाका कारण कसैको ज्यान गएको छैन । नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हाल १६ सय २१ जना आइसोलेसनमा र ७२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख २७ हजार ७८९ वटा पीसीआर टेष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया