वडा कार्यालयबाट खसेर प्रहरीको मृत्यु

पोखरा : पोखरा महानगरपालिका १८ नम्बर वडा कार्यालयको भवनबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । मंगलबार बिहान पाेखरा - १८ को भवनबाट लडेर ३२ वर्षीय ठगबहादुर आलेको मृत्यु भएको हो । गोरखाका आले १ वर्ष अघिदेखि पोखरा सराङकोटमा कार्यरत थिए ।
वडा कार्यालय भवनको तेस्रो तलाबाट खस्दा आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । ‘हाम्रो भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसेका थिए, मंगलबार बिहान ३ देखि ६ बजेकोबीचमा खसेको हुनसक्छ,’ हमालले भने, ‘सूचना पाएपछि मनिपाल अस्पतालमा लगेका थियौं, अरु अनुसन्धान गरिरहेका छौं ।’
हमालका अनुसार मृतक आलेले मद्यपान गरेका थिएनन् । रातको समयमा निद्राले खसेको हुनसक्ने प्रहरीको आशंका छ । भवन अभावका कारण पोखरा १८ वडा कार्यालयको भवनमा प्रहरीहरु राखिएका छन् ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया