गुल्मीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु

बुटवल : गुल्मीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।तम्घासबाट बुधवार बेलुका पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका-१४ ठूलो पधेरामा दुर्घटना भएको हो ।
दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको पाल्पामा उपचार भैरहेको प्रदेश ट्राफिक कार्यलय प्रमुख डम्मर वहादुर विकले जानकारी दिए । । ११ जना सवार मध्ये २ जना सामान्य छन् । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया