श्रीमती हुँदाहुँदै अर्कैसँग प्रेम सम्बन्धमा रहेका खत्री हराएको १७ औँ दिनमा मृत फेला

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका-२ खोरियाका हेमराज खत्री हराएको सत्रौँ दिनमा मृत फेला परेका छन् । माघ १४ गतेदेखि सम्पर्क बिहिन भएका खत्रीकी श्रीमती कल्पना ओलीलगायतको परिवार खत्रीको खोजीमा थिए ।
राप्ती सोनारी गाउँपालिका-५ बिनौनास्थित टडुवाको जंगलमा हेमराजको शव फेला परेको हो । टडुवा गाउँका स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला बेवारिसे मोटरसाइकल देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुले जानकारी दिए ।
श्रीमान सम्पर्कविहिन भएकै दिनदेखि उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा श्रीमती कमलाले निवेदन दिएकी थिइन् । श्रीमान जानसक्ने सम्भावित ठाउँहरु आफु र आफन्तसँग खोजी गर्दागर्दै थाकेकी कल्पना श्रीमान भेटाउने आशामा थिइन् तर, कल्पनाले कल्पनै नगरेको घटना घट्यो ।
हराएको १७ औं दिनमा हेमराजको शव भेटिएपछि उनको परिवार स्तब्ध छ । श्रीमानको खोजीका लागि प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै उनले माघ २८ गते नेपालगन्जमा पत्रकार सम्मेलन गरेकी थिइन् । ७ वर्षीय छोरा सुजनसहित पत्रकार माझ उपस्थित भई कल्पनाले प्रहरीले सहयोग नगरेको बताएकी थिइन् ।
परिवार श्रोतका अनुसार, मृतक हेमराज बिबाहित भएता पनि उनकै अर्कै एक युवतीसँग प्रेम सम्बन्ध थियो । उनकै मिलेमतोमा हत्या भएको आशंका परिवारको छ । माघ १४ गते कुखुराको औषधि लिन नेपालगन्ज हिँडेका हेमराज सोही दिनदेखि सम्पर्क विहीन बनेका थिए । खोरियामा कचना पोल्ट्री फर्म खोलेर कुखुरा ब्यवसाय गर्दै आएका हेमराजको शव भेटिएको केही दिन अगाडी नै मृत्यु भएको अनुमान गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया