कोभिड प्रभावित हाइड्रोपावरको लाइसेन्सको म्याद एक वर्ष थपिने, २९ गतेसम्म निवेदन दिनुपर्ने
काठमाडौं : सरकारले कोभिड-१९ प्रभावित जलविद्युत आयोजनाको म्याद १ वर्ष थप्ने भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रीस्तरको बैठकले यस्तो निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्युत विकास विभागले निवदेन मागेको छ ।
म्याद थप गर्दा ५० वर्ष ननाघ्ने अवस्थाका जलविद्युत आयोजनालाई मात्रै अनुमति पत्र सशोधन गर्ने विभागले जानकारी दिएको छ ।
कोभिडको प्रभावको कारण निर्माणाधिन जलविद्युत आयोजनालाई प्रभाव परेको हाइड्रोपावर सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाबाट विद्युत उत्पादनको अनुमतिपत्रको अवधिको लागि अनुरोध गरेका थिए । कोभिड र त्यसको न्यूनीकरणको लागि देशव्यापी रूपमा भएको लकडाउनको कारण उत्पन्न विषम परिस्थितिको कारण विद्युत उत्पादनको सर्वेक्षण, विद्युत उत्पादन, विद्युत खरिद बिक्री सम्झौता र वित्तीय ब्यवस्थापन गर्न समस्या भएको थियो । जलविद्युत प्रवर्द्धकहरू आउँदो २९ गते मित्र कारण समेत खोलि निवेदन दिएमा म्याद थप हुने विभागले जानकारी दिएको छ ।
विद्युत सर्वेक्षण, उत्पादन, प्रशारणको अनुमतिपत्र नविकरणको लागि समयमा दरखास्त दिन नसकेमा २९ गतेभित्र अनुमतिपत्र नविकरणका लागि विद्युत विकास विभाग समक्ष दरखास्त पेश गर्न सक्ने विभागले जानकारी दिएको छ ।
अतिरिक्त एक वर्ष म्याद थप गरिदिन र त्यसको लागि कुनै दस्तुर र शुल्क नलिने उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया