आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रलोभनमा पारेर भारत लैजाँदै गरिएकी महिलाको उद्धार

कञ्‍चनपुर : प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । 

कैलालीको घोडाघोडी नगरपालिका-५ बेलार बस्‍ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका-१ कौवापुर बस्‍ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । 
 
उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरीचौकी त्रिनगरमा बुझाइएको छ । रासस