बिहीबार पनि सेयर बजारमा उछाल
२५ अंकको छलाङ मार्दै कीर्तिमानी बिन्दूमा नेप्से

काठमाडौं : साताको अन्तिम सेयर कारोबार हुने दिन बिहीबार पनि बजार उकालो लागेको छ । २५ दशमलव २३ अंकले बढेर नेप्से परिसूचक २६३६ दशमलव ६८ बिन्दूमा पुगेको हो । यो अहिलेसम्मकै कीर्तिमानी अंक हो ।
बीमा क्षेत्र र माइक्रोफाइनान्सबाहेक सबै समूहको परिसुचक बढ्दा नेप्से उकालो लागेको हो । बीमा क्षेत्रअन्तर्गतका दुवै समूह: जीवन बीमा र निर्जीवन बीमा घटेका छन् । जीवन बीमा समूहको परिसुचक ० दशमलव ५९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको परिसुचक ० दशमलव ३८ प्रतिशतले घटेको छ । त्यसबाहेक माइक्रो फाइनान्स समूहको परिसुचक ० दशमलव ६२ प्रतिशतले घटेको हो ।
पछिल्लो समय लगातार बैंकिङ समूहको परिसुचकमा आएको वृद्धिले बिहीबार पनि निरन्तरता पाएको छ । बैंकिङ समूहमा १ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी ट्रेडिङ समूहको परिसुचकमा वृद्धि भएको छ । ट्रेडिङ, डेभलपमेन्ट बैंक र अन्य समूहमा २ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएको छ ।
बिहीबारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर बढ्यो । १० प्रतिशतले बढेको यो कम्पनीको सेयर मूल्य प्रति कित्ता दुई सय ७५ रुपैयाँ पुगेको छ ।
७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ ।
कारोबार ८ अर्ब ७६ करोड रुपैयाँ
९० हजार २ सय २ पटकको कारोबारमा ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसबीच १ करोड ९६ लाख कित्ता बराबर सेयर खरिदबिक्री भएको छ ।
सबैभन्दा बढी एनआइशी एसिया बैंकको सेयर कारोबार भएको छ । ५६ करोड रुपैयाँ बराबर किनबेच भएको यो बैंकको सेयर मूल्य प्रति कित्ता ९ सय ६३ रुपैयाँ पुगेको छ । ५० करोड ८२ लाख रुपैयाँ बराबर कारोबार भएको निफ्राको सेयर मूल्य प्रति कित्ता ५ सय ४६ रुपैयाँ पुगेको छ ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया