‘कोभिड-१९ प्रभावित पर्यटन व्यवसायीले पुर्नकर्जा सुविभा पाउन सकेनन्’
काठमाडौँ : नेपाल पर्यटन बोर्डले कोभिड–१९ बाट प्रभावित अधिकांश पर्यटन व्यवसायीहरुले पुर्नकर्जा सुविधा पाउन नसकेको स्वीकार गरेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा सानो लगानीमा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले पुर्नकर्जा सुविधा पाउन नसकेको गुनासो गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यस्तो स्वीकार गरेका हुन् ।
उनले पुर्नकर्जा कार्यविधि निर्माण गर्दा गरिएको परिकल्पना नै गलत भएकाले अधिकांश पर्यटन व्यवसायीले पुर्नकर्जा उपभोग गर्न नपाएको बताएका हुन् । पुर्नकर्जा सम्बन्धी कार्यविधि निर्माण गर्दा पर्यटनसँग आवद्ध मजदूर र घर भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई सम्बोधन गर्ने खालको नगरिएकोले समस्या आएको बताए ।
सरकारले पर्यटन विज्ञहरुको रायसुझाव लिएर निर्णय गरेको भए कुनै समस्या नहुने स्थिति निर्माण हुने पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । सरकारले पुर्नकर्जा का लागि छुट्याएको बजेटको ८० प्रतिशत रकम उपभोग भइसकेको भएपनि अहिलेसम्म ८० प्रतिशत व्यवसायीहरुले कर्जा उपभोग गर्न नपाएको उनको भनाइ छ । त्यसैले जसलाई लक्षित गरेर ल्याइनुपथ्र्यो उनीहरुलाई सहज हुने खालको पुर्नकर्जा कार्यविधि नबनेको अनुभूति भएको पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको तर सरकारले दिएको राहत पाउन नसकेको गुनासो गरेका थिए । यस्तै पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारले उपयुक्त मापदण्ड बनाउन नसकेको गुनासो समेत पर्यटन व्यवसायीहरुले गरेका छन् ।

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_98VOfMkwW3_kw5ya0lj98k2nq8rewqr79nf8i6kqxkuv0vdbvq1esdd0w86gmvc4o9vndod.jpg)
प्रतिक्रिया