आरोपित दिनेशले बुवाकै अगाडि स्वीकारे बलात्कार
भागरथीले हातमा लगाउने घडी फेला परेको छ

धनगढी : बैतडीको दोगदाकेदार - ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कार गरेको स्वीकार गरेका छन् । यसअघि भागरथीको हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका दिनेशले सरकारी वलिकको कार्यालय बैतडीमा आफ्ना बुवा दिपकको अगाडि भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा १८ बर्षीय भनिएका दिनेशको उमेर १६ बर्ष भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार अभिभावकको रोहवरमा बयान लिईएको थियो ।
‘दुई पटक भागरथीलाई लडाए । त्यसपछि एक पटक यौन सम्पर्क गरेँ । अनी घाँटी थिचेर हत्या गरेँ भनेर बयान दिएका छन् । बयान लिने क्रममा आरोपितका बुवा पनि थिए,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने ।
उनका अनुसार आरोपित दिनेशले घटनामा आफू एक्लै संलग्न रहेको पनि बताएका छन् । यस्तै भागरथीले हातमा लगाउने घडी फेला परेको छ । हत्याको आरोपमा पक्राउ परेका दिनेशले दिएको बयानको आधारमा आज प्रहरीले भागरथीले लगाउने गरेको रातो घडी फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले बताए ।
दिनेशले भनेकै स्थानमा घडी फेला परेको उनले बताए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया