रणवीरको ‘सर्कस’मा दीपिकाको आइटम !

मुम्बई : केही दिन अघि मात्र शाहरुख खानको ‘पठान’मा दीपिकाले आइटम नम्बर गर्ने खबर बाहिरिएको थियो । धमाधम सुटिङ भइरहेको फिल्ममा दीपिका स्वयं पनि अभिनय गरिरहेकी छिन् । तर, उनले आइटम गर्ने कुरा त्यही पनि खबर बन्यो ।
यतिबेला दीपिकाले फेरि अर्को फिल्ममा आइटम गर्न लागेको खबर छ । यो फिल्म हो रोहित सेठ्ठीको ‘सर्कस’ । अनि यो फिल्ममा अभिनय गरिरहेका छन् रनवीर सिंहले । अर्थात श्रीमान्को फिल्ममा दीपिकाले आइटम गर्न लागेकी हुन् । ‘पद्यावत’यता रनवीर र दीपिकाले पर्दामा धेरै समय स्क्रिन सेयर गर्ने मौका पाएका छैनन् ।
यो पछि दुवैले ‘८३’मा अभिनय गरेका छन् र यहाँ पनि दीपिका छोटो भूमिकामा छिन् । अझ ‘सर्कस’मा उनले आइटम मात्र गर्न लागेको चर्चा छ । फिल्ममा भने रनवीरले ज्याकलिन फर्नान्डिज र पूजा हेगडेसँग रोमान्स गरेका छन् ।
गुलजार निर्देशित ‘अंगूर’को रिमेकमा रनवीरले दोहोरो भूमिका निर्वाह गरेका छन् । गुलजार स्वयंले भने यो फिल्म सेक्सपियरको ‘कमेडी अफ एरर्स’बाट प्रभावित भएर बनाएका थिए ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया