गण्डकीमा थपिए ४०६ जना कोभिड-१९ संक्रमित

पोखरा : गण्डकी प्रदेशमा आइतबार ४ सय ६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । प्रदेशको ९ जिल्लामा गरी यती संक्रमित थपिएका हुन् । थपिनेमध्ये ६९.७ प्रतिशत अर्थात २ सय ८३ जना कास्की जिल्लाका छन् ।
तनहुँमा ५१ संक्रमित, नवलपरासीमा ३१, लमजुङमा १८, पर्वतमा १२, गोरखा र स्याङ्जामा ११/११, बागलुङमा ९ र म्याग्दीमा ७ संक्रमित थपिएका छन् ।
आइतबार प्रदेशमा एकैदिन धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यस अगाडि १४ कात्तिकमा प्रदेशमा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसदिन कास्कीमा १ सय ८३ संक्रमित थपिएका थिए । आइतबार भने १४ गतेका कुल संक्रमितभन्दा झन्डै दोब्बर संक्रमित थपिएका हुन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४० पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
प्रदेशमा आइतबार ४ संक्रमितको मृत्यु भएको छ । कास्कीका २ र नवलपरासीका २ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
पोखरा १७ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहका उनको आइतबार बिहान निधन भएको हो । उनमा कोरोनासहित निमोनिया र मधुमेहको समस्या थियो ।
कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएर आइसियुमा उपचाररत अन्नपूर्ण गाउँपालिका ३ का ४७ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार राति निधन भएको हो । उनमा निमोनियाको पनि समस्या थियो ।
नवलपुरको कावासोती नगरपालिका ६ का ६७ वर्षे पुरुष र गैंडाकोट नगरपालिका २ का ७७ वर्षीया महिलाको शनिबार होमआइसोलेसनमा मृत्यु भएको हो ।

नारायणगढ–बुटवल सडक : दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकि…

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

खुल्न थाले सामुदायिक विद्यालय
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

२३ वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

प्रतिक्रिया