लाकोजूको ‘स्वर्णिम धुन’ र ‘आसामको स्पर्श’ सार्वजनिक

काभ्रे : साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ मुक्तक सङ्ग्रह ‘स्वर्णिम धुन’ र नियात्रा सङ्ग्रह ‘आसामको स्पर्श’ हालै प्रकाशित भएको छ । नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूको विधागत दृष्टिले यो उनको चौथो मुक्तक सङ्ग्रह हो भने नियात्रा सङ्ग्रह भने पहिलो हो ।
‘स्वर्णिम धुन’का अतिरिक्त उनका ‘भावनाका फूलहरू’, ‘फूलहरूको मेला’, ‘शाश्वत स्वरहरू’ गरी अन्य तीनओटा अन्य मुक्तक सङ्ग्रहहरू पनि प्रकाशित छन् ।
कवि सूर्यप्रसाद लाकोजूको ‘स्वर्णिम धुन’ मुक्तक सङ्ग्रहमा जम्मा १०१ ओटा मुक्तकहरू रहेका छन् । मुक्तकहरू देशप्रेम, राजनैतिक तथा सामाजिक विकृति तथा बेथिति, प्रेम र प्रणय जस्ता विषयमा रचिएका छन् ।
त्यस्तै उनको नियात्रा सङ्ग्रह ‘आसामाको स्पर्श’मा नियात्राकारले भारतको आसामको साहित्यिक भ्रमण गर्दाको सन्दर्भहरू उल्लेख गरेका छन् । नियात्रा सङ्ग्रहमा आसामको रहनसहन, भौगोलिक अवस्थिति, संस्कृति, चालचलन आदिका बारेमा उल्लेख गरेका छन् ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूका मुक्तक, कविता, गीत, हाइकु, सांस्कृतिक निबन्ध, नियात्रा लगायतका डेढ दर्जन कृति प्रकाशनमा आएको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया