जनकपुरधाम उपमहानगर प्रमुखविरुध्द मुद्दा

जनकपुरधाम : पत्रकारलाई कुटपिट गरेको घटनामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुध्द जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमै गत वर्ष पुस २२ गते समाचार संकलनमा गएका पत्रकारहरुलाई कुटपिट गरेको विषयमा जनकपुरका ३ पत्रकारले आइतवार जिल्ला अदालत धनुषामा साहविरुध्द संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष एवं कान्तिपुर टिभीमा कार्यरत पत्रकार अनिल मिश्र, कान्तिपुर टिभीकै अर्का पत्रकार अमरकान्त ठाकुर र एपी वन टिभीका पत्रकार विकास साहले साहविरुध्द गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
नगर प्रमुख साहसँगै उपमहानगरपालिकाका सवारी चालक गंगा मण्डलविरुध्द समेत मुद्दा दर्ता गराइएको मिश्रले जानकारी दिए ।
जानकी मन्दिरको फूलबारी तोडफोड सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका कान्तिपुर टिभीका पत्रकार ठाकुर, एपी वन टिभीका पत्रकार साहलगायतलाई गत पुस २२ गतेका नगरप्रमुख साहले आफ्नो कार्यकक्षमा कुटपिट गरेका थिए ।
घटना सम्बन्धमा जानकारी लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रलाई नगरप्रमुख साह निकटले गाली गरेका थिए ।
मुद्दामा दोषी साबित भए साहलाई २ वर्षको जेल सजाय वा २० हजार रुपैया जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

प्रतिक्रिया