'धोनीसँग खेल्न आतुर छु'

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) मा बिहीबार आयोजना गरिएको अक्सनमा जब ‘अक्सनर’ ह्युज एडमेडिसले चेतेश्वर पुजारा बिक्रि भएको घोषणा गरे, अक्सन हल तालीले गुञ्जयमान बन्यो । पछिल्लो पटक सन् २०१४ मा आइपीएल खेलेका पुजारालाई चेन्नाई सुपर किंग्सले प्रतियोगितामा फर्काएको हो ।
वर्षौसम्म पुजारालाई कुनै पनि टिमले खरिद नगरे पनि यस पटक भने उनले आइपीएल खेल्ने मौका पाउने अपेक्षा गरिएको थियो । टेस्ट क्रिकेटमा भारतीय राष्ट्रिय टिमका लागि महत्वपूर्ण रहँदै आएका पुजारा आइपीएलको लगातार सात अक्सनमा बिक्रि हुन सकिरहेका थिएनन् । यसपटक भने ५० लाख आधार मुल्य भएका पुजारालाई अनुबनध गर्न चेन्नाई अघि सर्यो । र, कुनैपनि क्लबबाट प्रतिस्पर्धा सामना गर्नुपरेन ।
चेन्नाईसँग जोडिने पक्का भएपछि पुजाराले आफू महेन्द्र सिंह धोनीसँग खेल्न आतुर रहेको प्रतिक्रिया दिए । आफूले भारतीय टेस्ट टिममा डेब्यू गर्दा धोनी नै कप्तान रहेको स्मरण गर्दै भने, ‘आइपीएलमा फर्कन पाउँदा खुशी छु । चेन्नाईको पहेलो जर्सीमा धोनीसँग खेल्न म उत्साहित छु । मैले भारतीय टेस्ट टिममा डेब्यु गर्दा धोनी नै कप्तान थिए । उनीसँग फेरी पनि जोडिन पाउँदा म हर्षित छु,’ पुजाराले चेन्नाईले रिलिज गरेको भिडियोमा भनेका छन् ।
सन् २०१० मा पहिलो पटक टेस्ट खेलेका पुजारालाई धोनीले राहुल द्रभिडलाई प्रतिस्थापन गर्न सक्ने ब्याट्सम्यानका रुपमा प्रस्तुत गरेका थिए । पुजाराका पिता अरबिन्दले छोरा चेन्नाईसँग आबद्ध भएकोमा खुशी ब्यक्त गरे । ‘लामो समय देखि उसले आइपीएलमा खेल्ने इच्छा जाहेर गरेको थियो । बल्ल उसले मौका पाएको छ । उसले अवशय पनि पाएको मौकामा खरो यत्रने प्रयास गर्नेछ,’ अरबिन्दले भने ।
भारतीय टेस्ट टिममा नम्बर तीनमा खेल्ने पुजाराले सन् २०१० देखि २०१४ सम्मको अवधिमा ३० अन्तराष्ट्रिय टि–ट्वान्टी खेल खेलेका छन् । स्पिनका लागि उपयुक्त मानिने चेन्नाइको पिचमा पुजाराले प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया