शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

इकागजकर्मी पुरस्कृत

कठमाडौँः इकागज डट कमका विजनेस सम्पादक पुष्पराज आचार्य रोटरी जर्नो अवार्ड, २०१९–२० बाट पुरस्कृत भएका छन् । आर्थिक पत्रकारितामा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई  रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल-भुटान) ले उक्त सम्मान दिएको हो । शुक्रबार साँझ आयोजित एक कार्यक्रमकाबीच उनलाई रोटरी इन्टरनेशनलका प्रेसिडेण्ट इलेक्ट शेखर मेहता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेल तथा निवर्तमान डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ लगायतले उक्त पुरस्कार हस्तान्तरण गरेका  हुन् । 

रोटरीले सन् २०११ देखि विभिन्न विधाका पत्रकारहरूलाई हरेक वर्ष रोटरी जर्नो अवार्डले सम्मान गर्दै आएको छ । आर्थिक पत्रकारिता सहित शिक्षा, स्वास्थ्य, वातावरण विधामा कलम चलाउने पत्रकारहरू तथा सात प्रदेशका १–१ जना पत्रकारलाई रोटरी जर्नो अवार्डबाट सम्मान गरिएको छ । विभिन्न व्यवसायका व्यक्तिहरूलाई प्रदान गरिदैं आएको ‘वसु रोटरी अवार्ड अन गुड गभर्नेन्स’ यस वर्ष पत्रकारहरूलाई नै प्रदान गरिएको छ । आर्थिक दैनिकका प्रधान सम्पादक प्रह्लाद रिजाल र हाम्रा कुरा डट कमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई उक्त अवार्ड प्रदान गरिएको छ ।