दुई महिनामा बाघको आक्रमणबाट ६ जनाको मृत्यु

नेपालगञ्ज : बाघको आक्रमणमा परी बर्दियाका एक जनाको ज्यान गएको छ । गेरुवा गाउँपालिका-४ राजिपुर निवासी ६१ वर्षीय लाहनु थारुको बाघको आक्रमणका कारण शनिबार बेलुकी ज्यान गएको हो ।
केही समय अघि मात्रै मधुवन नगरपालिका-३ मा बाघको आक्रमणमा परि एक जना बालकसहित ५ जनाको मृत्यु भएको छ । यसरी दुई महिनाको अन्तरालमा ६ जनाले बाघको आक्रमणमा परि ज्यान गुमाउनु परेको छ । शनिवार साँझ बाघले सुरुमा मृतक लाहुनको गोरुलाई आक्रमण गरिसके पश्चात आक्रमण गरेको स्थानीयले बताएका छन् । बाघको आक्रमणमा परि उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै बर्दिया राष्ट्रिय निकुञ्जले उक्त बाघको खोजी भइरहेको जनाएको छ ।

एनआरएनए एकताको महाधिवेशन : भाँड्न सक्रिय केसी समूह, जसरी पनि गर्ने तयारीमा…
सुस्ता झोलुङ्गे पुल जोखिममा

राशिफलमा यस्तो आज तपाईंको भाग्य
'एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’

कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या

सरकारले चासो नदेखाएको भन्दै सहकारी पीडितको अर्धनग्न प्रदर्शन (भिडियो)

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

प्रतिक्रिया