शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका-२ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ सहयोग प्रदानगरेका छन् । इन्द्रावती-३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन् । 

महेन्द्र माविबाट एसइई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो । उनले विद्यालयस्तरमा अध्ययनरत दुई विद्यार्थीलाई जनही दुई हजार ५०० का दरले छात्रवृत्ति प्रदान गरे । प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग प्रदान गर्ने उनले बताए । रासस