मलयालम फिल्ममा स्वस्तिमा , मुख्य हैन सहायक भूमिका अफर

काठमाडौं : केही दिन यता नेपालका मनोरञ्जन कोलम अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतको फिल्म गर्न लागेको समाचारले भरिएका छन् । स्वस्तिमा स्वयंले फिल्मका लागि सम्झौता भइनसकेको बयान दिँदै आएकी छिन् भने दक्षिण भारतको निर्माण टिमलाई कास्टिङमा सघाइरहेका फिल्म निर्माता सरोज न्यौपानेले भने स्वस्तिमाले फिल्म साइन गरिसकेको बताउँदै आएका छन् ।
नेपालमा आएका समाचार हेर्दा स्वस्तिमाले ‘थिरिमाली’शीर्षकको फिल्मको मुख्य भूमिकामा नै अभिनय गर्न लागेको हो कि भन्ने लाग्छ तर गत अक्टोबर अन्तिममा भएको घोषणामा फिल्मको मुख्य भूमिकामा मलयालम अभिनेत्री अन्ना राजन रहने समाचार छ ।
अर्थात् यदि यो फिल्म स्वस्तिमाले गर्न लागेकी हुन् भने पनि मुख्य भूमिकामा हैन सहायक भूमिकामा देखिनेछिन् । पूजाआजा गर्दै घोषणा गरिएको फिल्मको सोही दिन पोस्टर पनि सार्वजनिक गरिएको थियो ।
सार्वजनिक पोस्टरमा मलयालम कलाकारलाई भिक्षुहरूको बीचमा देखाइएको छ । यसैगरी केरलाको कोचीमा भएको पूजामा फिल्मको लोकेसन कोची र नेपाल रहने पनि जनाइएको थियो ।
यही घोषणा अनुसार निर्माण टिमले नेपाली कलाकारलाई लिएर केही भाग सुटिङ नेपालमा गर्न लागेको हो । स्वस्तिमाबाहेक फिल्मका लागि नेपालबाट माओत्से गुरुङ फाइनल भएको समाचार छ ।

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

प्रतिक्रिया