कवि लेखकले मात्रै विसंगतिलाई खबरदारी गर्छन् - तुलसी दिवस

सौराहा, चितवन : कवि तुलसी दिवसले मुलुकमा बेथिति र विसंगतिका विरुद्ध निर्धक्क भएर बोल्न सक्ने कवि, लेखकहरू नै भएको बताएका छन् । कविडाँडा साहित्य समाजको १८ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै कवि दिवसले कवि, लेखकहरूले मात्रै बेथितिलाई खबरदारी गरिरहेको बताए ।
`लेखकले जहिले पनि आफूलाई लेख्नुपर्छ, आफ्नो ढंगले लेख्नुपर्छ´, कवि दिवसले भने -`अर्काको सिको गरेर आफूलाई अर्काको अधिनमा राख्नुहुन्न, लेखकले स्वतन्त्र भएर लेख्नुपर्छ ।´
बिदेशमा कवि लेखकहरूलाई जीवित सम्पदाको रूपमा सम्मान गर्ने गरिएको तर नेपालमा स्रस्टाहरू सधैँ ओझेलमा बस्नुपरेकोमा दिवसले असन्तोष व्यक्त गरे । `लेखक स्रस्टालाई सम्मान गर्नुपर्छ भनेर नियम बनाइन्छ, तर कार्यान्वयन गरिन्न´, कवि दिवसले भने- `नेपालमा कुर्सीमा बस्नेले गफ मात्रै गर्ने तर काम नगर्ने परिपाटी अहिलेसम्म हटेन ।´
समारोहमा कविडाँडा साहित्य समाजले आयोजना गरेको कविता प्रतियोगितामा पुरस्कृतलाई सम्मान गरियो । प्रतियोगितामा तेह्रथुमका रोहित ढुंगाना प्रथम भएका छन् । ढुंगानाको `सेतो तन्ना´ शीर्षकको कवितालाई निर्णायकले प्रथम भएको घोषणा गरे । उनले नगद १५ हजार १६० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी झापाका निरज दाहालले द्वितीय स्थान हासिल गरे । दाहालको `भकारी´ शीर्षकको कवितालाई नगद १० हजार १६० रुपैयाँ सहित प्रमाणपत्रले पुरस्कृत गरियो । त्यसैगरी बाग्लुङकी अस्मिता पौडेलको `प्रेमको इन्द्रेणी´ शीर्षकको कविताले तृतीय स्थान हासिल गर्यो । पौडेलले नगद ७ हजार १६० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगितामा नवलपरासीका अन्जान प्रदीपको ` रक्तवीर र निशानीहरू´, चितवनकी अमिता कँडेल आख्यानको `संयोगले सुरक्षीत म´, मोरङका नगेन्द्र सुवेदीको `मलाई बा जस्तै बन्नुछ´, रौतहटकी रेणुका जिसीको `प्रश्नसहित उभिएकी उहिलेकी एक अबला´, अछामका लक्ष्मण संगमको `झर्नु´, अछामकै वीरेन्द्र जैसीको `पहाड धानिरहेकी नारीको मनोदशा´ र कास्कीका संयोग वस्यालको `न्याय उवाच´ शीर्षकका कविताहरू उत्कृष्ट १० भित्र परे ।
उत्कृष्ट १० भित्र परेका यी स्रस्टालाई नगद २ हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरियो । कार्यक्रममा उपस्थित पुरस्कृत स्रस्टाले आआफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा कविडाँडा साहित्य समाजले स्थापना गरेका विभिन्न पुरस्कारहरू पनि वितरण गरिएको छ ।
कविडाँडा साहित्य सम्मान तथा देव-खिना स्मृति पुरस्कार-२०७७ बाट कवि एवम् निबन्धकार गायत्री श्रेष्ठलाई सम्मान गरिएको छ । यो पुरस्कारको राशि ११ हजार १६० रुपैयाँ र सम्मानपत्र छ । कविडाँडा राष्ट्रिय साहित्य सम्मान तथा देव - खिना स्मृति पुरस्कार-२०७७ बाट कवि गोपाल पराजुली र कुन्ता शर्मा सम्मानित भएका छन् । यो पुरस्कारको राशि पनि ११ हजार १६० र सम्मानपत्र छ ।
त्यसैगरी कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार रामबाबु घिमिरेको निबन्धसङ्ग्रह `केन्द्र र परिधी´लाई दिइएको छ । यो पुरस्कारको राशि पनि ११ हजार १६० र सम्मानपत्र छ । त्यस्तै कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार भुवन ढुंगानाको उपन्यास `परित्यक्ता´लाई दिइएको छ । यो पुरस्कारको राशि २५ हजार १६० रुपैयाँ र सम्मानपत्र छ ।

नयाँ वर्षमा त्रिसारा आफ्नो ब्याण्ड लिएर अष्ट्रेलियाको चार सहर घुम्दै

अदालतले जारी गर्यो मलाइकामाथि जमानत वारेन्ट

जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि

शाहरूखको नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलयालम फिल्म

हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स ए…

प्रतिक्रिया