अन्तिम रोजाइमा रहेकी एनीले कसरी पाइन् ‘दि डेभिल वेयर्स पर्दा’ ?

लसएन्जल्स : एनी हाथवे हलिउड फिल्म उद्योगमा कडा अभिनेत्रीको रुपमा चिनिन्छिन् । योसँगै चाहेको कुरा पूरा गरिछाड्ने पनि उनको बानी छ । एनी हाथवेले हालसालै आफ्नो यही स्वभावसँग मिल्दोजुल्दो घटनाको बारेमा उल्लेख गरेकी छिन् ।
एनीका अनुसार उनले ‘दि डेभिल वेयर्स पर्दा’ मा लामो संघर्षपछि एन्डी साचको भूमिका प्राप्त गरेकी थिइन् । मेरिल स्ट्रिपको अपोजिटमा रहेको सो भूमिकाका लागि एनी पहिलो होइन नवौं नम्बरको रोजाइमा थिइन् ।
एनीले एउटा रेडियो सोको दौरान यसको खुलासा गरेकी हुन् । रेडियो प्रस्तोताले ‘के तपाईंले कुनै रोलका लागि एकदमै मेहनत गर्नु भएको थियो ?’ भन्ने प्रश्नको जवाफमा उनले ‘दि डेभिल वेयर्स पर्दा’का लागि आफू निर्माता÷निर्देशकको रोजाइको नवौं नम्बरमा रहेको बताएकी हुन् । ‘ म नवौं नम्बरमा थिएँ । तर मैले पाएँ । आश कहिलै मारिनँ । बसिरहेँ,’ एनीले भनिन् ।
यो फिल्मका लागि पहिलो रोजाइमा राचेल म्याकआडम्स थिइन् । ‘नोटबुक’ र ‘मिन गल्र्स’को सफलतापछि शिखरमा रहेकी उनलाई निर्माण कम्पनीले फिल्ममा लिन लागेको थियो तर उनले अस्वीकार गरेकी थिइन् । उनीबाहेक जुलिटे लेविस र क्लेरे डानेसले पनि अडिसन दिएका थिए । उनले पछि भेराइटीसँगको अन्तर्वार्तामा पनि आफूलाई धैर्यताका साथ प्रतीक्षा गरेकै कारणले सो रोल पाएको बताएकी थिइन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया