‘पार्टीभित्रका पदलोलुपहरूले मुलुकमा असामान्य परिस्थिति सिर्जना गरे’

विराटनगर : गृहमन्त्री रामबहादुर थापाले मुलुकमा पार्टीभित्रका अवसरवादीहरूले, फुटवादीहरूले, गुटवादीहरू तथा पदलोलुपहरूले असामान्य परिस्थिति सिर्जना गरेको बताएका छन् । नेकपा (ओली समूह)ले शनिबार विराटनगरमा आयोजना गरेको सभामा गृहमन्त्री थापाले पदलोलुपहरूले यो अवस्था निम्त्याएको बताए ।
थापाले मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको बताएका हुन् । ‘देशलाई अस्थिरतातिर धकेल्ने प्रयत्न गरिएको छ, प्रयास गरिएको छ,’ उनले भने, ‘यो देशमा अस्थिरता उत्पन्न कुनै बाह्य शक्तिहरूद्वारा होइन स्यम् हाम्रै आन्तरिक पंक्तिबाट अस्थिरताको षडयन्त्र रचियो । देशलाई अस्थिरतातिर धकेल्ने योजना, षडषन्त्र रचियो । आजको यो परिस्थिति हाम्रै पंक्ति हाम्रै पंक्तिबाट हाम्रै भित्र लुकेका अवसरवादीहरू गुटवादीहरू पद लोलुपहरूले जन्माएका हुन् ।’
पार्टीभित्रका व्यक्तिहरूले सिर्जना गरिएको अस्थिरतामा देश बाहिर र भित्रका शक्तिहरूले खेलिरहेको थापाले बताए । असामान्य परिस्थितिभित्र बाह्य र भित्री शक्तिहरू खेलिरहेका उनको भनाइ छ । तर, ती शक्ति को हुन् भन्ने उनले खुलाएनन् ।
नेकपाभित्र लुकेका अवसरवादीहरूले यो परिस्थिति सिर्जना गरेर त्यसबाट खुसी भइरहेको उनले बताए । ओलीको नेतृत्वमा आफूहरूले सुद्धिकरण अभियान सञ्चालन गरिरहेको थापाले बताए ।
जनताको ताजा जनादेश लिने कुरो लोकतान्त्रिक र अग्रगामी कदम भएको थापाले बताए । ‘सदन विघटन गर्ने ऐतिहासिक, क्रान्तिकारी, ठूलो राजनीतिक कदम हो, यसको साथसाथै संवैधानिक पनि छ,’ थापाले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया