ओसाकाले जितिन् अस्ट्रेलियन ओपन उपाधि

काठमाडौँ: जापानी टेनिस स्टार नाओमी ओसाकाले अस्ट्रेलियन ओपनको महिला एकल तर्फको उपाधि जितेकी छिन् । शनिबार मेलबर्नमा सम्पन्न फाइनलमा ओसाकाले जेन्निफर ब्राडीलाई ६-४ ६-३ पराजित गरिन् ।
विश्व नम्बर तीनको हैसियतमा अस्ट्रेलियन ओपनमा पुगेकी जापानी स्टार च्याम्पियन बनेसँगै वरियताको शीर्षस्थानमा फर्कने पक्का भएको छ । अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लामको फाइनल यात्रा तय गर्ने क्रममा ओसाकाले बलिया प्रतिद्वन्द्वीहरुलाई हराएकी थिइन् । चौँथौँ चरणमा गाब्रिन मुगुरुजालाई हराएकी ओसाकाले सेमिफाइनलमा सेरेना विलियम्सलाई स्तब्ध पारिन् ।
उता ब्राडीले भने आफ्नो करियरमा पहिलो पटक ग्रान्डस्लामको फाइनलमा स्थान पक्का गरेकी हुन् । प्रतियोगितामा ‘अण्डरडग’ मानिएकी २४ औँ वरियताकी ब्राडीले सन् २०२० को युएस ओपनको सेमिफाइनल यात्रा तय गरेकी थिइन् । जसमा उनी ओसाकासँगै पराजित भएकी थिइन् ।
अस्ट्रेलियन ओपनको उपाधि जितेपछि ओसाकाले पुनः आफुलाई विश्व टेनिसको भविष्यका रुपमा प्रस्तुत गरेकी छिन् । २३ वर्षको उमेरमा चार ग्रान्डस्लाम जितिसकेकी ओसाकालाई मारगारेट कोर्ट र विलियम्स जस्ता स्टारहरुले राखेको कीर्तिमान नजिक पुग्न सक्ने खेलाडीका रुपमा लिइएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया