के-के हुँदैछ आज कांग्रेस बैठकमा ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ का विषयमा अत्यावश्यक छलफलका लागि संघीय संसदको अधिवेशन आब्हान गर्न सरकारलाई आग्रह गर्ने भएको छ । सरकारले आग्रह नसुने पार्टीको अगुवाइमा प्रतिपक्षी दलहरूलाई समेटेर अधिवेशन आब्हानका लागि समावेदन गर्ने तयारी कांग्रेसको छ ।
आगामी २१ गते बोलाइएको केन्द्रीय कार्यसमितिको एजेण्डा तय गर्न आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठकमा सरकारलाई संघीय संसदको अधिवेशन बोलाउन आग्रह गर्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए । ‘हामीले पहिलादेखि नै कोभिडलाई फोकस गरेर संसदको अधिवेशन बोलाउनुपर्छ भनेर माग गर्दै आएका छौं’ सदस्य डा. रिजालले इकागजसँग भने, ‘आजको अनौपचारिक बैठक र आगामी केन्द्रीय समिति बैठकमा निर्णय गरेर बोलाउन सरकारलाई आग्रह गछौं ।'
सरकारले संसद बर्खे अधिवेशन गत असार १८ गते स्थगित गरेको थियो । संसद अधिवेशन स्थगित भएपछि कोभिडको महामारी बढ्दै गए पनि त्यसको समाधानबारे स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारले नसकेको भन्दै आलोचना भइरहेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संसद अधिवेशन बोलाउन आग्रह गर्ने पक्षमा आफूहरु रहे पनि धेरै सांसदहरू जिल्लामा रहेको र केहीमा कोभिडको संक्रमण रहेकाले समस्या देखिएको बताए । ‘कोभिडलाई फोकस गरेर विशेष अधिवेशन बोलाउन आग्रह गर्ने भन्नेमा हामीहरू छौ । तर, धेरै माननीयहरू चाडपर्व मनाउन जिल्ला जानु भएको छ । केही विरामी हुनुहुन्छ । के गर्ने भनेर बैठकमा छलफल हुन्छ,’ खाणले इकागजसँग भने ।
शीर्ष नेताहरुको बैठकमा १६ बुँदे मागबारे छलफल हुने
सभापति देउवाले दिउँसो ३ बजे बोलाएको बैठकमा गत असोज १२ गते नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर बुझाएको मागपत्रका विषयमा छलफल हुने भएको छ ।
'पार्टी विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ निष्पक्ष गर्ने वातावरण सृजना गरियोस’ भन्ने शीर्षकमा नेताहरुले सभापति देउवालाई पत्र बुझाएका थिए । त्यो पत्रको विषयमा आजको अनौपचारिक बैठकमा कुरा उठाउने डा. रिजालले बताए ।
पत्रको विषयमा गत असोज १७ गतेको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो । तर, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, अजय चौरासियालगायत ७ जनामा कोभिड संक्रमण देखिएपछि रोकिएको थियो । आज पुनः त्यही विषयमा छलफल गरेर सहमति गर्ने र त्यो सहमति केन्द्रीय समितिबाट पास गर्ने तयारीमा नेताहरू छन् ।

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

प्रतिक्रिया