जनताले चुनावमा पुरस्कृत गर्नेछन् : उपप्रधानमन्त्री पोखरेल

जनकपुर : उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीति स्थायित्वका लागि निर्वाचन नै एक मात्र विकल्प रहेको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको जनकपुरधाममा आयोजित साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनबाट मुलुकको निकास र राजनीति स्थायित्व हुनेछ’ उनले भने, ‘यस बाहेक अर्को कुनै विकल्प नै छैन ।’ उपप्रधानमनत्री पोखरेलले नेता कार्यकर्ताहरुलाई तोकिएकै मिति वैशाखमा निर्वाचन हुने र यसका लागि ढुक्क हुन आग्रह गर्दै निर्वाचनको तयारीमा जुटन निर्देशन दिए ।
‘हामीलाई सबैले गलत भनिरहेको छ तर निर्वाचनबाट नै जनताले सही गलतको पहिचान गर्नेछ’ उनले भने, ‘जनताभन्दा बढी ठूलो न्यायधिश कोही छैन, हामी गलत छौं भने जनताले दण्डित गर्छन । यदि सही छौं भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ ।’
त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्ने उनको भनाई छ । नेकपा दाहाल-नेपाल समूहतर्फ लक्षित गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टी भित्रका केहि गलत तत्वहरुले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको बताए ।
उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म केही गर्न नसकी पद लोलुप्तामै लागेको आरोप लगाए । एक अर्को प्रसंगमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनकपुर-जयनगर रेल्वे चाँडैं नै सञ्चालन हुने प्रतिबद्धता जनाए । उनले भने ‘ठ्याक्कै यही मितिदेखि संचालन हुन सक्छ भन्न सक्दैन तर चाँडै संचालनमा आउनेछ भन्नेमा ढुक्क हुनुस ।’
उनले भने, ‘दिन त भन्न सकिंदैन तर, निर्धक्क रहनुस रेल चाँडै चल्छ । जनशक्ति र कानुन समेत बन्न सकेको छैन । हामी हतार हतारमा कानून तयार पारिरहेका छौं । कानून बनेपछि कर्मचारी व्यवस्थापन भएपछि सञ्चालनमा आउनेछ ।’

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया