ताजा जनादेशमा जानु हितकर : कमल थापा

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भ्रष्टाचार , बेरोजगारी , मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्य गर्न ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । पार्टीले शनिबार झापामा गरेको कार्यक्रममा अध्यक्ष थापाले प्रतिनिधि सभा विघटनले निम्त्याएको जटिलता अन्त्य गर्न ताजा जनादेश उपयुक्त विकल्प भएको बताए ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको बताए । शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रूपमा मात्र राजसंस्था रहदा मुलुकको सर्वोपरी हित हुने दाबी थापाको छ ।
सबै धर्मको सम्मान हुनेगरी सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाले बताए । १४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको थापाले बताए ।
कम्युनिस्ट पार्टी भित्रको द्वन्द देशको हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त भएको थापाको भनाइ छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री राणा

प्रतिक्रिया