साउथह्याप्टनसँग चेल्सीको बराबरी

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनसँग बराबरी खेलेको छ । शनिबार राति सकिएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग एक-एक गोलको बराबरी खेलेको हो ।
खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । उसका लागि टाकुमी मिनामिनोले खेलको ३३ औँ मिनेटमा गोल गरे । पहिलो हाफमा १-० गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।
उसका लागि मसुन मउन्टले खेलको ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । बराबरीपछि चेल्सी २५ खेलबाट ४३ अंकसहित लिगको चौथो स्थानमा यथावत छ । साउथह्याम्पटन ३० अंकसहित लिगको १३ औँ स्थानमा छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया