जनकपुरको होटलमा युवती मृत फेला

जनकपुरधाम : जनकपुरधामस्थित एक होटेलमा एक युवती मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी २२ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले युवती गेस्ट हाउसमा गत २ दिनदेखि बस्दै आएको जानकारी प्राप्त भएको बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक युवती झापाकी हुनसक्ने प्रहरीले बताएको छ । युवती दुई दिनअघि एक युवकसंग होटलमा बस्न आएको थिइन । घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पतालमा पठाइसकिएको प्रवक्ता मिश्रले जानकारी दिए ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया