एभर्टनसँग पनि हार्यो लिभरपुल

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग पनि पराजित भएको छ । शनिबार राती भएको खेलमा लिभरपुल एभर्टनसँग २-० गोल अन्तरले पराजित भएको हो ।
एभर्टनलाई जिताउन रिचरलिसन र गिल्फी सिगुड्सनले गोल गरे । जितसँगै एभर्टन २४ खेलबाट ४० अंकसहित सातौ स्थानमा उक्लिएको छ । लिभरपुल भने २५ खेलबाट ४० अंकसहित छैटौ स्थानमा छ ।
पछिल्लो समय लिभरपुलले लगातार खराब प्रदर्शन गरिरहेको छ । उसका मुख्य स्ट्राइकर मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साडियो माने जस्तो नाम चलेका खेलाडीले गोल गर्न सकेका छैनन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया