मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

रियल मड्रिडले जित्दा शीर्ष स्थानको एथ्लेटिको पराजित

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । तर शीर्ष स्थानको एथ्लेटिको मड्रिड भने पराजित भएको छ । शनिबार राती भएको खेलमा रियलले भालाडोलिडलाई १-० गोलले पराजित गरेको हो । रियललाई जिताउन एक मात्रै निर्णायक गोल काशिमेरोले गरे । उनले खेलको ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै अर्को खेलमा शीर्ष स्थानको एथ्लेटिको लेभान्टेसँग २-० गोलले पराजित भएको छ । आत्मघाती गोल गरेर पछि परेको एथ्लेटिको खेलको पूरा समय थप एक गोल खाँदै पराजित भएको हो ।

लेभान्टेका लागि जोर्गे डी फ्रुटोजले गोले गर्दा मारियो हर्बेटाले आत्मघाती गोल गरेका थिए । हार व्यहोरेपनि एथ्लेटिको २३ खेलबाट ५५ अंकसहित ला लिगाको शीर्ष स्थानमा कायमै छ । भालाडोलिडलाई हराएको रियल भने ५२ अंकसहित दोस्रो स्थानमा छ ।