पूर्व प्रधानमन्त्री भट्टराई उपचारका लागि दिल्ली जाँदै

काठमाडौँ : पछिल्लो केही दिनयता बिरामी परेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भारत दिल्ली जान लागेका हुन् ।
पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँको निदान अस्पतालमा भर्ना भएका थिए । परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् ।
दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ । भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संगोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया