अपर तामाकोशीको सेयर भाउ बढेर सर्किट ब्रेकर, १४ करोडको कारोबार
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर (अपर) को सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । प्रतिकित्ता ५९ रुपैयाँले बढेको अपरको सेयर ११ बजेर ५० मिनेटमै रोकियाे ।
अपरको अन्तिममा सेयर मूल्य प्रतिकित्ता ५ सय ३९ रुपैयाँमा कारोबार भएको थियो । बन्द हुँदा अपरको सेयर कारोबार १४ करोड ४० लाख ७७ हजार ८ सय ६० रुपैयाँ पुगेको थियो ।
स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् ।
प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटीबढी हुने गरी कारोबार हुन्छ । डिवेञ्चरको हकमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुनसक्छ ।
यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया